News साफ यु–१९ च्याम्पियनसिपमा नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स र पाकिस्तान
गोलनेपाल

काठमाडौं । आगामी सेप्टेम्बर २१ देखि ३० तारीखसम्म काठमाडौंमा हुने पाँचौं संस्करणको साफ यु–१९ च्याम्पियनसितर्फ पनि नेपाल समूह ए मा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले निकालेको ड्र अनुसार नेपाल, माल्दिभ्स र पाकिस्तान समूह ए मा परेका हुन् ।

त्यस्तै समूह बी तर्फ डिफेन्डिङ च्याम्पियन भारत, गत संस्करणको उपविजेता बंगलादेश र भुटान रहेका छन् । प्रतियोगिताका सबै खेलहरु दशरथ रंगशालामा हुने पनि साफले पुष्टी गरेको छ ।

प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । नेपालले अन्तिमपटक यो उपाधि सन् २०१७ मा भुटानमा सम्पन्न दोस्रो संस्करणमा जितेको थियो । त्यसअघि नेपालले सन् २०१५ मा घरेलु मैदान मै भएको पहिलो संस्करणको उपाधि पनि जितेको थियो ।

Post Comments