News मोरक्कोमा निरीह नेक्सस संकटा
गोलनेपाल

काठमाडौं । मोरक्कोको रबत शहरमा जारी वल्र्ड स्कुल फुटबल च्याम्पियनसिपमा नेपालबाट सहभागि नेक्सस संकटा क्लबको यु–१६ टोलीले समूह चरणको पहिलो खेलमा अस्वभाविक रुपमा फराकिलो हार बेहोरेको छ ।

प्रतियोगिता अन्तरगत समूह ए मा रहेको संकटाले फराकिलो हार बेहोर्ने क्रममा युगाण्डाको अमुस कलेजसँग २६–१ को फराकिलो अन्तरले निरीह बन्न पुगेको हो । संकटाको समूहमा फ्रान्स र चिलीको युथ टोली पनि सामेल छन् ।

इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनको आयोजनामा जारी प्रतियोगितामा विश्वभरिबाट कुल ३२ टोलीहरले सहभागिता जनाईरहेका छन् । प्रतियोगिता जुलाई ३१ तारीखसम्म चल्नेछ ।

 

Post Comments