काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको यु–१९ फुटबल टोलीको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ तथा यु–१६ टोलीको मुख्य प्रशिक्षकमा रविन्द्र सिलाकारलाई नियुक्त गरेको छ । दुवैलाई सोमबार एन्फाका महासचिव किरन राईले नियुक्तिपत्र समेत हस्तान्तरण गरे ।
स्मरण रहोस, केही महिना अघि सम्पन्न शहिद स्मारक ए डिभिजन लिगतर्फ सुनिल श्रेष्ठले जावलाखेल युथ क्लबको जिम्मेवारी सम्हालेका थिए भने रविन्द सिलाकारले संकटा क्लबको जिम्मेवारी सम्हालेका थिए ।
त्यस्तै यु–१९ को सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंह नियुक्त भएका छन् । टोलीको व्यवस्थापकमा दिवाकर घलेलाई नियुक्त गरिएको एन्फाले जनाएको छ ।
त्यसैगरी यु–१६ टोलीको सहायक प्रशिक्षकमा सिताराम घिमिरे नियुक्त भएका छन् भने गोलकिपिङ प्रशिक्षकमा गंगाराम देउजालाई नियुक्त गरिएको पनि एन्फाले जानकारी दियो ।
नेपालको यु–१६ टोलीले १ देखि १० सेप्टेम्बरसम्म भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिप खेल्दैछ । समूह ए मा रहेको नेपालले साविक विजेता भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै सेप्टेम्बर २१ देखि ३० तारीखसम्म नेपाल मै हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपतर्फ पनि समूह ए मै परेको नेपालले पाकिस्तान र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान