News कोलम्बियासँग निराश कोरिया
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा महिला विश्वकपको समुह एच तर्फ आफ्नो पहिलो खेलमै एसियाली राष्ट्र दक्षिण कोरियाले निराशाजनक हार बेहोरेको छ । सिड्नी फुटबल स्टेडियममा भएको खेलमा कोरियाले दक्षिण अमेरिकी टोली कोलम्बियानसँग शून्यका विरुद्ध २ गोलको हार बेहोरेको हो ।

कोलम्बियाका लागि ३०औं मिनटमा मारिया उस्मेले पेनाल्टीबाट पहिलो गोल गरिन् भने ३९औं मिनटमा लिन्डा काइसेडोले दोस्रो गोल गर्दै कोलम्बियाको जित पहिलो हाफ मै सुनिश्चित गरेकी थिईन् ।

दक्षिण कोरियाले समूह चरणको दोस्रो खेलमा ३० जुलाईका दिन मोरक्कोसँग खेल्नेछ । सोही दिन कोलम्बियाले भने दावेदार जर्मनीको सामना गर्नेछ । स्मरण रहोस, समूह चरणको पहिलो खेलमा जर्मनीले मोरक्कोमाथि ६–० को फराकिलो जित हात पारेको थियो ।

Post Comments