News विश्वकपमा 'नेपाल' चिनाउँदै वरिष्ठ फुटबलकर्मी राई
राजकुमार श्रेष्ठ

काठमाडौं । सन् २०२३ को फिफा महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डमा अहिले जारी हुदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस आगामी विश्वकप दुई देशले संयुक्त रुपमा आयोजना गर्ने जनाएको थियो ।

वरिष्ठ फुटबलकर्मी दिलीप राई अहिले अष्ट्रेलियामा छन । उनी केही महिना अगाडि अष्ट्रेलिया पुगेका थिए । अष्ट्रेलियामै रहेको राईले आफ्नो स-परिवार सहित महिला विश्वकप तर्फको कोलम्बिया र कोरिया बीचको खेल हेरेका थिए ।

हालै कोशी प्रदेश खेलकुद बिकाश बोर्ड बाट लाइफ टाइम एचिभमेन्टबाट सम्मानित ब्यक्तित्व राई अष्ट्रेलियामा जारी महिला विश्वकप फुटबलको माध्यमबाट नेपाली फुटबल र देश प्रतिको मायालाई सधै नै दर्शाएका छन ।

फुटबलप्रतिको उनको लगाव, माया र समन्वयले गर्दा कोशी प्रदेशमा आयोजना हुने हरेक गोल्डकपमा राई सक्रिय उपस्थित हुने गर्दछन ।
 
Post Comments