News कर्मचारीको सेवा सुविधा बृद्धि गर्दै एन्फा (पत्रसहित)
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो साउन १९ गते कार्यसमितिको बैठक बोलाएको छ । बैठकका लागि ११ एजेण्डाहरु पनि तयार पारिएको छ । जसमा कर्मचारीहरुको सेवा सुविधा बृद्धी गर्नेबारे विषय सूची पनि सामेल गरिएको छ ।

फुटबलमा अनिश्चित भविष्य कै कारण अधिकांश नेपाली खेलाडीहरु पलायन भईसकेको यो दयनीय अवस्थामा पनि एन्फा अझै खेलाडी भन्दा कर्मचारीहरुको सेवा सुविधा बृद्धि गर्नेतर्फ बढी अग्रसर देखिएको छ । एन्फामा विवादको पाटो पुरानो नै भए पनि अहिलेको नेतृत्व आए यता विवादका श्रृंखलाहरु अझै थपिंदै गईरहेका छन् ।

नेपाली फुटबलमा सुशासन र पारदर्शिताको नारा बोकिए पनि वर्तमान एन्फा नेतृत्वले त्यसलाई कार्यान्वयन गर्नमा असफल भईरहेको छ । खेलाडीहरुले नियमित पारिश्रमिक र घोषणा गरिएका पुरस्कार रकमहरु पाइरुहेका छैनन् । क्लबहरुले पाउनुपर्ने खर्च पाइरहेका छैनन् । यस्ता धेरै बेतिथीका चाङहरु थुप्रिसकेका छन् । जसलाई एन्फा नेतृत्व पक्षले सम्वोधन गर्न सकिरहेको छैन ।

आर्थिक मारमा परेको एन्फाले वर्षेनी कर्मचारीहरुको सेवा सुविधातर्फ ध्यान दिनुभन्दा खेलाडी र क्लबहरुको समस्याहरु पनि बुझिदिनु पर्ने धेरैको बुझाई छ र यसो गर्दा क्लबका साथै खेलाडीहरुलाई केही हदसम्म राहत मिल्ने पनि धेरैको ठम्याई छ ।

साउन १९ गते बोलाइएको बैठकमा कर्मचारीको सेवा सुविधा बृद्धि बाहेक जिल्ला लिग, बी, सी र महिला लिग तथा फ्रेन्चाईज महिला लिगबारे पनि छलफल गर्ने एजेण्डामा उल्लेख छ । त्यस्तै साफ यु–१९ च्याम्पियनसिप आयोजना तथा खेलाडीहरुको औषधी उपचार खर्चबारे पनि एजेण्डामा उल्लेख गरिएको छ ।

हेर्नुहोस विस्तृत पत्रः

Post Comments