News रोकियो डिफेन्डिङ च्याम्पियन अमेरिका
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा महिला विश्वकपतर्फ डिफेन्डिङ च्याम्पियन अमेरिका आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको छ । समूह ई मा रहेको अमेरिकाले बिहीबार बलियो प्रतिद्वन्द्वी नेदरल्याण्डसँग १–१ बराबरी खेल्दै रोकिएको हो ।

न्युजिल्याण्डको वेलिङटन स्टेडियममा भएको खेलको १७औं मिनटमा जिल रुर्डको गोलबाट नेदरल्याण्डसले सनसनीपूर्ण अग्रता बनाएको थियो । तर दोस्रो हाफको ६२औं मिनटमा लिन्ड्से होरानले अमेरिकाका लागि बराबरी गोल गर्दै टोलीको सम्भावित हार टारेकी थिईन् ।

दोस्रो खेलमा बराबरीमा रोकिएपछि अमेरिकाले नकआउट चरणमा प्रवेश गर्न अन्तिम खेलसम्मै पर्खिनु पर्ने भएको छ । दुई खेलको समाप्ती पश्चात् ४–४ अंक जोडेको अमेरिका र नेदरल्याण्डस क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । त्यस्तै पोर्चुगल र भियतनाम अंकविहीन छन् । साथै यी दुई टोली बिहीबार नै आमने सामने हुँदैछन् ।

पोर्चुगलले पहिलो खेलमा नेदरल्याण्डसँग १–० को हार बेहोरेको थियो भने भियतनाम अमेरिकासँग ३–० ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा १ अगस्तका दिन अमेरिकाले पोर्चुगलको सामना गर्नेछ भने सोही दिन भियतनाम र नेदरल्याण्डस पनि भिड्ने छन् ।

Post Comments