News एसियन गेम्समा नेपालले जापान, भियतनाम र बंगलादेशसँग भिड्ने
गोलनेपाल

काठमाडौं । चीनको ग्वाङझुमा आगामी सेप्टेम्बरमा हुन गईरहेको प्रतिष्ठित १९औं एसियन गेम्सको महिला फुटबलतर्फ नेपाल समूह डी मा परेको छ । बिहीबार निकालिएको ड्र अनुसार नेपालले एसियन पावर हाउस जापान, भियतनामसँगै अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

महिला फुटबलतर्फ एसियाका कुल १९ देशहरुले सहभागिता जनाएका छन् । सहभागि टोलीहरुलाई पाँच समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने तीन टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् ।

त्यस्तै दक्षिण एसिया कै अर्को टोली भारत समूह बी मा छ । जहाँ उसले चाइनिज ताइपेई र थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।  स्मरण रहोस, नेपाली महिला फुटबल टोलीले एसियन गेम्सका लागि आवश्यक तयारी पनि शुरु गरिसकेको छ ।

 

 

Post Comments