News नेपालको प्रारम्भिक टोलीमा तीन खेलाडीहरु थपिए
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नेपालको प्रारम्भिक टोलीमा थप तीन खेलाडीहरुलाई समावेश गरेका छन् । भिन्सेन्जोले फ्रेण्डस क्लबका सन्तोष खत्री र कुशल फुयाल तथा जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई प्रारम्भिक टोलीमा समावेश गरिएको एन्फाले जनाएको छ ।

प्रारम्भिक टोलीमा परेका तीन खेलाडीहरुलाई थप हौसला र अवसर प्रदान गर्न राष्ट्रिय टोलीको प्रारम्भिक छनौटमा पारिएको प्रशिक्षक भिन्सेन्जोले बताए । प्रशिक्षक भिन्सेन्जोका अनुसार मच्छिन्द्र र आर्मी क्लबका खेलाडीहरु केही समय क्लब फुटबलमा व्यस्त हुने भएकाले टोलीमा नयाँ अनुहारलाई समेटिएको बताए । योसँगै प्रारम्भिक टोलीमा खेलाडीहरुको संख्या ३३ पुगेको छ ।

स्मरण रहोस, मच्छिन्द्रले प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटतर्फ भुटानी क्लब पारो एफसीसँग खेल्नेछ कार्यक्रम छ । त्यस्तै आर्मीले भने भारतमा हुने प्रतिष्ठित १३२औं डुरान्ड कप खेल्दैछ । साथै क्लब ड्युटी पश्चात मच्छिन्द्र र आर्मीका खेलाडीहरु राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किने पनि प्रशिक्षक भिन्सेन्जोले बताए ।

स्मरणीय छ, फिफा विश्वकपको प्रारम्भिक छनौटतर्फ नेपालले लाओससँग अक्टुबर १२ र १७ तारीखका दिन खेल्ने तय भईसकेको छ । दुई लेगमा हुने त्यो खेलपश्चात नेपालले सफलता हासिल गर्न सके छनौट प्रतियोगिताको दोस्रो चरणमा युएई, बहराईन र पहिलो चरणतर्फ यमन र श्रीलंकाबीचको विजेता टोलीसहित समूह एच मा रहेर प्रतिस्पर्धा गर्नेछ ।

नेपालको प्रारम्भिक स्क्वाडः

गोलकिपर्सः किरन कुमार लिम्बु, अनिष देउला, दिप कार्की, अभिषेक बराल

डिफेन्डर्सः बिमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

मिडफिल्डर्सः एरिक बिष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, बिशाल तामाङ, बिबेक पौडल, कृतिष रत्न छुन्जु, सन्तोष खत्री, कुशल फुयाल

फरवार्डसः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन बिष्ट, मनिष डाँगी, आशिष चौधरी, बिमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया,

 

Post Comments