News मनाङको पहिलो जित
गोलनेपाल

काठमाडौं । पहिलो चरणको खेलमा पुलिससँग पराजित हुन पुगेको मनाङ मस्र्याङ्दी क्लबले यु–१६ ए डिभिजन लिगमा शुक्रबार पहिलो जित दर्ता गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले अर्को विभागीय टोली एपिएफ क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । स्मरण रहोस, मनाङले दोस्रो चरणको खेल भने बहिष्कार गरेको थियो ।

प्रतियोगिता अन्तरगत शनिबार दुई खेलहरु हुँदैछन् । च्यासल स्टेडियममा १ बजे हुने खेलमा चर्च ब्वाईज युनाइटेडले नेपाल पुलिस क्लबको सामना गर्नेछ भने एन्फा कम्प्लेक्समा हुने खेलमा २ बजे फ्रेण्डस क्लब र खुमलटार भिड्ने छन् ।

त्यस्तै एनआरटी विरुद्ध मच्छिन्द्र तथा संकटा विरुद्ध त्रिभुवन आर्मी बीचको खेल भने अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ । एनआरटीले हाल खेलाडी विवादका कारण खेल बहिष्कार गरिरहेको छ भने संकटा स्कुल वल्र्ड च्याम्पियनसिपका लागि मोरक्कोमा छ ।

Post Comments