News मोरक्कोसँग कोरिया स्तब्ध
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा महिला विश्वकपतर्फ समूह एचमा रहेको एसियाली राष्ट्र दक्षिण कोरियाले आइतबार लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा कोलम्बियासँग २–० ले हार बेहोरेको कोरियाले आइतबार मोरक्कोसँग १–० ले निराश बन्यो ।

अष्ट्रेलियन शहर एडिलेडमा भएको खेलको छैठौं मिनट मै इब्टिसाम ज्रेडीले गरेको एक मात्र गोल मोरक्कोलाई पहिलो जित र तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो नतिजापछि जर्मनी, कोलम्बिया र मोरक्कोको समान ३–३ अंक भएको छ । जर्मनी र कोलम्बिया भने आजै सिड्नीमा भिड्दै छन् । त्यस्तै लगातार दोस्रो हार बेहोरेको दक्षिण कोरिया अंकविहीन रुपमा पुछारमा छ र समूह चरणबाट लगभग बाहिरिएको छ ।

दक्षिण कोरियाले समूह चरणको अन्तिम खेलमा ३ अगस्तका दिन बलियो जर्मनीको सामना गर्नेछ भने सोही दिन मोरक्कोले कोलम्बियासँग खेल्नेछ ।

Post Comments