News बेन्जिना विश्वकपमा हिजाब लगाउने पहिलो खेलाडी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अष्ट्रेलिया र न्युजिल्याण्डको संयुक्त आयोजनामा जारी फिफा महिला विश्वकपतर्फ आइतबार एउटा नौलो माहौल देखियो । समूह एचतर्फ मोरक्को र दक्षिण कोरिया भिड्दै गर्दा धेरैको ध्यान मोरक्कोकी डिफेन्डर नुहैला बेन्जिनातर्फ मोडिएको थियो ।

त्यसो हुनुको कारण थियो, उनी जारी विश्वकपमा दक्षिण कोरिया विरुद्ध हिजाब लगाएर मैदानमा उत्रिएकी थिईन् । अफ्रिकी राष्ट्र भए तापनि मोरक्कोमा मुस्लिमहरुको बाहुल्य छ । अन्तर्राष्ट्रिय खेलकुदमा हिजाबको प्रयोग विरलै देख्न पाइन्छ । यो नौलो दृश्य यसपटक महिला विश्वकपमा देखियो ।

साथै २५ वर्षिय डिफेन्डर बेन्जिना हिजाब लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी समेत बनेकी छिन् । त्यसो त समूह चरणतर्फ नै २४ जुलाईका दिन मोरक्कोले जर्मनी विरुद्ध पहिलो म्याच खेल्दा बेन्जिना हिजाब मै थिईन् । त्यतिबेला उनले टोलीका नखेले तापनि मैदानमा प्रवेश गरेपछि धेरैको ध्यान आफूतिर ध्यान सफल भएकी थिईन् ।

स्मरण रहोस, जर्मनी विरुद्धको पहिलो खेलमा मोरक्को ६–० ले पराजित भएको थियो भने दक्षिण कोरिया विरुद्धको खेलमा मोरक्कोले १–० को सनसनीपूर्ण जित निकालेको थियो ।

Post Comments