News स्वीजरल्याण्ड र नर्वे नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा महिला विश्वकपतर्फ समूह ए बाट स्वीजरल्याण्ड र नर्वे नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन् । समूह चरणको अन्तिम खेलमा नर्वेले फिलिपिन्सलाई ६–० को फराकिलो अन्तरले हरायो भने स्वीजरल्याण्ड र आयोजक न्युजिल्याण्डले गोलरहित बराबरी खेले ।

यो नतिजापछि ३ खेलबाट ६ अंक जोडेको स्वीजरल्याण्ड शिर्ष स्थानमा रहेर समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्यो । त्यस्तै नर्वे र न्युजिल्याण्डको समान ४–४ अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा नर्वे दोस्रो स्थानमा रहेर समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्यो ।

आयोजक न्युजिल्याण्ड तेस्रो र फिलिपिन्स ३ अंकका साथ पुछारमा रहेर समूह चरणबाटै बाहिरिन बाध्य बन्यो ।

जर्मनी स्तब्ध

त्यस्तै समूह एच तर्फको एक मात्र खेलमा बलियो जर्मनीले कोलम्बियासँग १–२ को हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा मोरक्कोमाथि ६–० को जित निकालेको जर्मनीले त्यो प्रदर्शनलाई कोलम्बिया विरुद्ध दोहोर्याउन सकेन ।

कोलम्बियाको भने यो लगातार दोस्रो हो । पहिलो खेलमा दक्षिण कोरियालाई २–० ले हराएको कोलम्बियाले नकआउट चरणमा प्रवेश गर्ने आफ्नो सम्भावनालाई पनि बलियो बनाएको छ ।

Post Comments