News साबित्रा इजरायलतर्फ प्रस्थान
गोलनेपाल

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी ऐतिहासिक युरोपियन व्यवसायीक फुटबल खेल्न इजरायलतर्फ प्रस्थान गरेकी छिन् । साबित्रा केही महिना अघि मात्र इजरायलको शिर्ष डिभिजन लिग खेल्ने हापोएल रा’नाना एएफसीमा अनुवन्ध भएकी थिईन् ।

साथै युरोपियन क्लबमा आवद्ध हुने उनी पहिलो नेपाली फुटबल खेलाडी समेत बनेकी थिईन् । घरेलु फुटबलमा सशस्त्र प्रहरीको एपिएफ क्लबबाट खेलिरहेकी साबित्राले भारतमा गत सिजन गोकुलम केरलाका लागि खेल्दै लिग उपाधि जित्नुका साथै २९ गोल गरेर सर्वाधिक गोलकर्ताको पुरस्कार पनि हात पारेकी थिईन् ।

स्मरण रहोस, इजरायली महिला लिगतर्फ साबित्राको टोली हापोएलले आफ्नो पहिलो खेल ३१ अगस्तका दिन मक्कावी एमिक हिफरसँग खेल्नेछ । लिगमा कुल ८ टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Post Comments