News ग्रासरुटका लागि वेदकोटका जनप्रतिनिधीहरुद्वारा सहयोग
गोलनेपाल

सुन्दरपुर । सानो उमेरबाटै फुटबलमा लाग्न चाहने बाल खेलाडीहरुलाई ती अवसरबाट वञ्चित हुन नपरोस भनेरै बेदकोट नगरपालिका वार्ड नम्बर ९ का जनप्रतिनिधीहरुले खेलकुद सामाग्रीहरु सहयोग गरेका छन् ।

सुन्दरपुर खेलकुद विकास समितिले फुटबलमा लाग्न चाहने विभिन्न उमेर समुहका बाल खेलाडीहरुलाई नियमित प्रशिक्षण दिंदै आइरहेको छ । यद्यपि संस्थासँग प्रशिक्षणका लागि चाहिने केही भौतिक खेल सामाग्रीहरुको अभाव देखिएको थियो ।

त्यही समस्यालाई बुझेर बेदकोट नगरपालिका गार्ड नम्बर ९ का जनप्रतिनिधीहरुले सुन्दरपुर खेलकुद विकास समितिलाई विभिन्न खेलकुद सामाग्रीहरु हौसला र प्रोत्साहन स्वरुप सहयोग गरेका हुन् । जसमा १० थान फुटबल, १८ थान जर्सि, कोन, मार्कर, कर्नर फ्ल्याग लगायत करिब ५० हजारको खेलकुद सामग्रीहरु रहेका छन् ।

यो प्रोत्साहन स्वरुपको सहयोग र हौसलाले थुप्रै बाल खेलाडहिरुको फुटबलर बन्ने सपना पूरा गर्न थप टेवा पुग्ने विश्वास नियमित प्रशिक्षण दिईरहेको सुन्दरपुर खेलकुद विकास समितिले लिएको छ ।

Post Comments