सुन्दरपुर । सानो उमेरबाटै फुटबलमा लाग्न चाहने बाल खेलाडीहरुलाई ती अवसरबाट वञ्चित हुन नपरोस भनेरै बेदकोट नगरपालिका वार्ड नम्बर ९ का जनप्रतिनिधीहरुले खेलकुद सामाग्रीहरु सहयोग गरेका छन् ।
सुन्दरपुर खेलकुद विकास समितिले फुटबलमा लाग्न चाहने विभिन्न उमेर समुहका बाल खेलाडीहरुलाई नियमित प्रशिक्षण दिंदै आइरहेको छ । यद्यपि संस्थासँग प्रशिक्षणका लागि चाहिने केही भौतिक खेल सामाग्रीहरुको अभाव देखिएको थियो ।
त्यही समस्यालाई बुझेर बेदकोट नगरपालिका गार्ड नम्बर ९ का जनप्रतिनिधीहरुले सुन्दरपुर खेलकुद विकास समितिलाई विभिन्न खेलकुद सामाग्रीहरु हौसला र प्रोत्साहन स्वरुप सहयोग गरेका हुन् । जसमा १० थान फुटबल, १८ थान जर्सि, कोन, मार्कर, कर्नर फ्ल्याग लगायत करिब ५० हजारको खेलकुद सामग्रीहरु रहेका छन् ।
यो प्रोत्साहन स्वरुपको सहयोग र हौसलाले थुप्रै बाल खेलाडहिरुको फुटबलर बन्ने सपना पूरा गर्न थप टेवा पुग्ने विश्वास नियमित प्रशिक्षण दिईरहेको सुन्दरपुर खेलकुद विकास समितिले लिएको छ ।
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा