News स्कलर्स होम र विश्व शान्तिको उपाधि भिडन्त
सुरज राना मगर

कञ्चन । रुपन्देहीमा जारी ११औं हिमालयन कपको फाइनलमा स्कलर्स होम एकेडेमी र विश्व शान्ति युवा क्लब भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा थ्री ब्रदर्श एफसी, नवलपरासीलाई २–१ ले हराउँदै स्कलर्स होमले फाइनलमा विश्व शान्तिसँगको भेट पक्का गरेको हो ।

हिमालय आधारभुत विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा स्कलर्स होमका लागि जिवन राई मगर र मिशन दर्लामीले गोल गरे । उता पराजित थ्री ब्रदर्शका लागि रन्जित आले मगरले एक मात्र गोल गरेका थिए । खेलमा स्कलर्स होमका मिशन दर्लामी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत अब उपाधिका लागि फागुन ९ गते शुक्रबार स्कलर्स होम र विश्व शान्ति फाइनलमा भिड्ने छन् । हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका ४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजार प्राप्त गर्नेछ ।

 

Post Comments