News अठारौं तीज कप भदौ २२ देखि
गोलनेपाल

शुक्लागण्डकी । जनसेवा स्पोर्ट क्लब, शुक्लागण्डकी–८, गणपति, तनहुँको आयोजनामा आउँदो भदौ २२ गतेदेखि आठौं तीज कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

गाउँफर्कोदय माविको खेलमैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि भदौ २० गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५०० तोकिएको पनि आयोजकले जानकारी दियो । त्यसमा ५०० थप धरौटी रकम बुझाउनु पर्नेछ ।

असोज १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७७,७७७ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४४,४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यसैगरी ३३ वर्ष माथिको भेट्रान फुटबल प्रतियोगिता पनि आयोजना गरिने आयोजकले जनाएको छ । भेट्रानतर्फको अन्तिम टिमदर्ता मिति पनि भदौ २० गतेसम्म तोकिएको छ । साथै टिमदर्ता शुल्क ४ हजार रहेको आयोजकले जानकारी दियो ।

भेट्रानतर्फको विजेता तथा उपविजेता टोलीहरुले बोकासहित ट्रफी, मेडल प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।

Post Comments