News मोरक्कोले रच्यो इतिहास, जर्मनी 'नकआउट'
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा महिला विश्वकपमा पहिलोपटक सहभागिता जनाईरहेको मोरक्को पहिलो सहभागिता मै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

समूह एचमा रहेको मोरक्कोले समूह चरणको अन्तिम खेलमा कोलम्बियालाई १–० ले हरायो । र ३ खेलबाट ६ अंक जोड्दै समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो । पराजित कोलम्बियाको पनि समान ६ अंक भए तापनि गोलभिन्नताका आधारमा समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

त्यस्तै समूह एच कै अर्को महत्वपूर्ण खेलमा बलियो जर्मनीले दक्षिण कोरियासँग दुर्भाग्यपुर्ण रुपमा १–१ को बराबरी खेलेपछि समूह चरणबाटै बाहिरिन बाध्य बनेको छ । जित्नै पर्ने खेलमा बराबरीमा रोकिएपछि ३ खेलबाट ४ अंक जोडेको जर्मनी समूह एचको तेस्रो स्थानमा रह्यो भने १ अंक जोडेको दक्षिण कोरिया पुछारमा रह्यो । र जर्मनी र दक्षिण कोरिया समूह चरणबाटै बाहिरिए ।

बिहीबारको खेलसँगै समूह चरणका सबै खेलहरु सम्पन्न भएका छन् । अब नकआउट चरणका खेलहरु शनिबारदेखि शुरु हुँदैछन् । शनिबार हुने दुई खेलहरु मध्ये न्युजिल्याण्डको अकल्णडमा हुने पहिलो खेलमा स्वीजरल्याण्ड र स्पेन भिड्ने छन् भने वेलिङटनमा हुने दोस्रो खेलमा जापान र नर्वे प्रतिस्पर्धा गर्नेछन् ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Ffifawomensworldcup%2Fposts%2Fpfbid0CzRmmQUtjU8GUK1ELABx6mhKiFJFMWbUdSDhGuvZNELcZY2zmR9wFk78orzUavyEl&show_text=true&width=500" width="500" height="615" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Ffifawomensworldcup%2Fposts%2Fpfbid02vjiytmT629F7gFrwcVoszff3rX3sEfMChXP6aFwLwDYQ3Zqqzp79zTLcWbXNcexyl&show_text=true&width=500" width="500" height="641" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Ffifawomensworldcup%2Fposts%2Fpfbid02wPqcVVrS2L2Usym7kXXFdR4MqjU9hXLjRMxKrpamvPKTeZdA37ZoeCkpUTYtiVfgl&show_text=true&width=500" width="500" height="635" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

Post Comments