News
एएफसी कपका लागि काठमाडौं आइपुग्यो पारो
काठमाडौं । एसियाली क्लब फुटबलको प्रतिष्ठित एएफसी कपको पहिलो चरणको छनौट खेल खेल्न भुटानी लिग च्याम्पियन पारो फुटबल क्लब शनिबार काठमाडौं आईपुगेको छ ।
पारोले यही साउन २३ गते (अगस्त ८ तारीख) का दिन नेपालको प्रतिनिधित्व गरिरहेको मच्छिन्द्र फुटबल क्लबसँगै एएफसी कपको पहिलो चरणको छनौट खेल खेल्दैछ । जुन दशरथ रंगशालामा नेपाली समयअनुसार बेलुका ५ः३० बजेदेखि शुरु हुनेछ ।
साथै खेलको टिकटदर पनि यसअघि नै तोकिएको छ । जसअन्तरगत सामान्यतर्फ २०० र भिआईपीतर्फ ५०० टिकट मुल्य तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । त्यस्तै टिकटहरु ईसेवामार्फत अनलाईन पनि खरिद गनृ सकिने एन्फाले जनाएको छ ।
स्मरण रहोस, पहिलो चरणको खेलमा जित हात पार्ने टोलील्े अगस्त १६ तारीखका दिन चर्चित भारतीय क्लब मोहन बगानसँग दोस्रो चरणको खेल खेल्ने कार्यक्रम छ ।
(तस्विरः पारो फुटबल क्लब)
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट