News
स्वीडेनद्वारा साविक विजेता अमेरिका 'नकआउट'

काठमाडौं (एजेन्सी) । जारी फिफा महिला विश्वकपको नकआउट चरणमा स्तब्धपुर्ण नतिजा निस्किने क्रममा साविक विजेता अमेरिका प्रतियोगिताको नकआउट चरणबाटै बाहिरिएको छ ।
मेलबर्नमा भएको चौथो प्रिक्वाटरफाइनलमा स्वीडेनसँग टाईब्रेकरमा पराजित भएपछि उपाधि रक्षा गर्ने योजनामा रहेको अमेरिका नकआउट चरणबाटै बाहिरिएको हो ।
निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेल पनि गोलरहित बराबरीमा टुंगिएपछि खेलको छिनोफानो टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने स्वीडेनलाई अमेरिकालाई ५–४ ले निराश तुल्यायो ।
स्वीडेनमा अब ११ अगस्तका दिन हुने दोस्रो क्वाटरफाइनलतर्फ उपाधिको बलियो प्रत्याशी जापानसँग अकल्णडमा खेल्नेछ ।
Post Comments
Related News
- फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित
- कनकाफ गोल्डकपमा साउदीको चुनौति समाप्त, मेक्सिको र होण्डुरस सेमिफाइनलमा