News आयोजक अष्ट्रेलिया पनि क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । जारी फिफा महिला विश्वकपको सह–आयोजक राष्ट्र अष्ट्रेलिया प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने छैठौं टोली बनेको छ । सोमबार सिड्नीमा सम्पन्न छैठौं प्रिक्वाटरफाइनलतर्फ अष्ट्रेलियाले डेनमार्कलाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

अष्ट्रेलियाको जितमा खेलको २९औं मिनटमा कैटलिन फुर्डले पहिलो गोल गरिन् भने ७०औं मिनटमा हेभ्ली रासोले दोस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरिन् । अष्ट्रेलियाले अब मंगलबार हुने फ्रान्स र मोरक्कोबीचको विजेतासँग १२ अगस्तका दिन हुने चौथो क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार अन्तिम दुई प्रिक्वाटरफाइनल खेलहरु हुँदैछन् । मेलबर्नमा कोलम्बिया र जमैका भिड्ने छन् भने एडिलेडमा फ्रान्स र मोरक्को आमने सामने हुनेछन् ।

Post Comments