News प्रथम वडा अध्यक्ष कप साउन ३२ देखि
गोलनेपाल

इनरुवा । थारु जागृति क्लब, इनरुवा–५, बलाहा, सुनसरीको आयोजनामा यही साउन ३२ गतेदेखि भदौ ९ गतेसम्म प्रथम वडा अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको आवश्यक तयारी शुरु भईसकेको र साउन २५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो । साथै टिमदर्ता शुल्क २५०० तोकिएको पनि आयोजकले जनाएको छ ।

इनरुवा नगरपालिका वडा नम्बर ५ को कार्यालयको मुख्य प्रायोजन तथा इनरुवा नगरपालिका, सुनसरीको विशेष सहयोग रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १३ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै प्रियंका खाद्यान्न उद्योग, इनरुवा–५, बलाहाको सह–प्रायोजन रहेको प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments