News कोलम्बिया पहिलोपटक क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । तेस्रोपटक सहभागिता जनाईरहेको दक्षिण अमेरिकी टोली कोलम्बिया जारी फिफा महिला विश्वकपतर्फ ऐतिहासिक रुपमा पहिलोपटक क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

मंगलबार भएको सातौं प्रिक्वाटरफाइनलतर्फ कोलम्बियाले पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको जमैकालाई शून्यका विरुद्ध १ गोलले हराउँदै ऐतिहासिक उपलब्धी हासिल गरेको हो । कोलम्बियाको जितमा दोस्रो हाफको ५१औं मिनटमा मारिया उस्मेले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

कोलम्बियाले अब १२ अगस्तका दिन सिड्नीमा हुने अन्तिम क्वाटरफाइनलतर्फ दावेदार इङल्याण्डको सामना गर्नेछ ।

Post Comments