News दोस्रो अन्तर माविस्तरीय छात्र तथा छात्रा फुटसल हुने
गोलनेपाल

विदुर । पिपलटार फुटबल क्लब, नुवाकोटको आयोजनामा आउँदो भदौ ८ र ९ गतेका दिन अन्तर माविस्तरीय छात्र तथा छात्रा फुटसल प्रतियोगिता हुने भएको छ । विदुर नगरपालिका–५ स्थित पिपलटार फुटसलमा हुने प्रतियोगिताको भदौ ६ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक स्कुलहरुका लागि छात्रतर्फ ३००० तथा छात्रातर्फ २००० टिमदर्ता शुल्क पनि तोकिएको आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई नगद र ट्रफीसहितको पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

त्यसैगरी सोही अवसरमा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र तथा छात्राहरुलाई सम्मान कार्यक्रमको पनि आयोजना गरिएको आयोजकले जानकारी दियो ।

Post Comments