News स्पेन महिला विश्वकपको सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । प्रतियोगिताको शुरुवातबाटै आफ्नो बलियो दावेदारीता पेश गरिरहेको स्पेन जारी फिफा महिला विश्वकपतर्फ पहिलोपटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

शुक्रबार न्युजिल्याण्डको वेलिङ्ेटनमा सम्पन्न पहिलो क्वाटरफाइनलतर्फ स्पेनले गत संस्करणको उपविजेता तथा अर्को दावेदार टोली नेदरल्याण्डसलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल रोमाञ्चक १–१ को बराबरीमा टुंगिएपछि स्पेनले अतिरिक्त समयमा जित हात पारेको थियो । ८१औं मिनटमा मारिया ओलिभरको पेनाल्टी गोलबाट स्पेनले खेलमा अग्रता बनाएको थियो ।

एक समय जित नजिक पुगिसकेको स्पेनले इन्जुरी समयमा गोल खान पुग्यो । ९०+१औं मिनटमा स्टेफनी ग्राटले डच टोलीका लागि बराबरी गोल फर्काईन । त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलियो । अतिरिक्त समयको १११औं मिनटमा सलमा आइङ्गोनोले स्पेनका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाईन् ।

स्पेनले अब १५ अगस्तका दिन हुने पहिलो सेमिफाइनलमा शुक्रबार नै दोस्रो क्वाटरफाइनलतर्फ भिड्न लागेका जापान र स्वीडेनबीचको विजेतासँग खेल्नेछ ।

Post Comments