News मच्छिन्द्र एएफसी कपका लागि कोलकातातर्फ प्रस्थान
गोलनेपाल

काठमाडौं । एसियाली क्लब फुटबलको प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणको छनौट खेल खेल्न मच्छिन्द्र फुटबल क्लब आइतबार भारतको कोलकातातर्फ प्रस्थान गरेको छ ।

गत साता काठमाडौं मै सम्पन्न पहिलो चरणको खेलमा भुटानको पारो फुटबल क्लबलाई ३–२ ले हराउँदै दोस्रो चरणमा पुगेको मच्छिन्द्रले १६ अगस्तका दिन कोलकाताको इडन गार्डेनमा इण्डियन महारथी मोहन बगान सुपर जायन्ट्ससँग खेल्नेछ ।

मोहन बगान विरुद्धको त्यो खेलमा सफलता हासिल गर्न सके मच्छिन्द्रले प्ले अफ खेल्नेछ । प्ले अफमा पनि जित हात पार्न सके एएफसी कपको समूह चरणमा प्रवेश पाउनेछ ।

Post Comments