News आर्मी र चेन्नईनको भिडन्त आज
गोलनेपाल

काठमाडौं । भारतमा जारी प्रतिष्ठित १३२औं डुरान्ड कपतर्फ नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो दोस्रो खेलमा सोमबार बलियो इण्डियन सुपर लिग टिम चेन्नईन एफसीको सामना गर्दैछ ।

हालसम्म समूह ई को बलियो टोलीका रुपमा देखिएको चेन्नईनले आफ्नो खेलमा हैदराबाद सिटीलाई ३–१ ले हराएको थियो । आर्मीले भने आफ्नो पहिलो खेलमा दिल्ली एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपाली समय अनुसार ३ः१५ बजेदेखि शुरु हुने आजको यो खेल आर्मी र चेन्नईन दुवैको समूह चरणको दोस्रो खेल हुनेछ । यो खेलमा चेन्नईनले जित हात पार्न सके नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउने छ ।

उता आर्मीको पनि नकआउट चरण प्रवेशको सम्भावना कायम छ । यद्यपि त्यसका लागि आर्मीले गुवाहाटीमा आज आफु अनुकुल नतिजा निकाल्नु पर्नेछ ।

Post Comments