News प्रथम यु–२२ फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

पोखरा । लेकसाईड ब्वाईज, पोखराको आयोजनामा आउँदो भदौ ७ देखि ९ गतेसम्म सुसन चपाई (सिजे भाई) मेमोरियल प्रथम यु–२२ सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

लेकसाईड–६ हल्लनचोक स्थित क्याम्पिङ मैदानमा हुने प्रतियोगिताको भदौ ६ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५०० तोकिएको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबका खेलाडीहरुले उमेर पुगेको प्रमाण पेश गर्नुपर्ने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित ४९,९९९ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २४,९९९ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै फेयर प्ले टिमले नगद ३५०० प्राप्त गर्नेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही १५–१५ सय प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।

 

Post Comments