काठमाडौं । रोयल वेस्टर्न क्लबको आयोजनामा अष्ट्रेलियामा रहेका आप्रवासी नेपाली फुटबल क्लबहरुबीच आउँदो अक्टुबर १४ र १५ तारीखका दिन दोस्रो एक्सपर्ट कप इन्टर स्टेट फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजकका अनुसार यो प्रतियोगिता अष्ट्रेलियामा रहेका नेपाली क्लबहरुबीच हुने अहिलेसम्म कै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता रहेको बताइएको छ । एक्सपर्ट ऐजुकेशनको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित ११ हजार डलर हात प्राप्त गर्नेछ ।
प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । हाल अधिकांश नेपालका अन्तर्राष्ट्रिय खेलाडीहरु अष्ट्रेलिया पुग्न थालेपछि त्यहाँ आयोजना हुने प्रतियोगिताहरुको स्तरमा पनि बृद्धि हुन थालेको छ ।
प्रतियोगिताबारे विस्तृत रुपमा छिटै जानकारी गराउने पनि आयोजकले जानकारी दियो ।
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग
- मलेसियन लिगमा निशा र हिराको गोल