News ऐतिहासिक उपाधि जित्ने संघारमा स्पेन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । प्रतियोगिताको शुरुवातबाटै आफ्नो पहिलो दावेदारिता पेश गरेको स्पेन जारी फिफा महिला विश्वकपमा पहिलोपटक फाइनलमा प्रवेश गर्न सफल भएको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा स्पेनले अर्को बलियो टोली स्वीडेनलाई २–१ ले हराउँदै ऐतिहासिक उपाधि नजिक पुगेको हो ।

स्पेनले यसअघि गत संस्करणको विश्वकपमा नकआउट चरणसम्मको यात्रा तय गरेको थियो । मंगलबार न्युजिल्याण्डको अकल्याण्डमा भएको खेलमा अन्तिम दश मिनटमा तीन गोल हुँदा खेल नाटकीय र रोमाञ्चक बन्यो ।

स्पेनका लागि ८१औं मिनटमा सलमा आयिङ्गोनोले पहिलो गोलको खाता खोलिन् । तर ८८औं मिनटमा रेबेका ब्लोमविस्टले स्वीडेनका लागि बराबरी गोल फर्काएकी थिईन् । तर स्वीडेनले त्यो गोलको खुशी पनि धेरैबेर मनाउन सकेन । गोल खाएको एक मिनट बित्न नपाउँदै ओल्गा गार्सियाले स्पेनका लागि दोस्रो तथा निर्णायक गोल गरिन् ।

स्पेनले अब बुधबार हुने दोस्रो सेमिफाइनलतर्फ आयोजक अष्ट्रेलिया र इङल्याण्डबीचको विजेतासँग २० अगस्तका दिन फाइनल खेल्नेछ । त्यस्तै बुधबार पराजित हुने टोलीले स्पेनसँग निराश बनेको स्वीडेन सँग १९ अगस्तका दिन स्थानका लागि तेस्रो प्ले अफ खेल्नेछ ।

Post Comments