News थ्रीस्टार, रानीगंज, टिम शान्ती र जन शान्तिको जित
गोलनेपाल

बुटवल । राधाकृष्ण कप यु–१८ नकआउट फुटबल प्रतियोगितामा बुधबार भएका चार खेलहरुमा थ्रीस्टार एफसी, रानीगंज एफसी, टिम शान्ती एफसी र जन शान्ति एफसीले जित हात पारेका छन् । बुटवल–९ स्थित नयाँ बसपार्क खेलमैदानमा भएको दिनको पहिलो खेलमा थ्रीस्टारले राइजिङ एफसीलाई १–० ले हरायो । थ्रीस्टारको जितमा आदर्शक कुँवरले एक मात्र गोल गरे ।

दोस्रो खेलमा रानीगंजले एनएस एफसीलाई ४–२ ले हरायो । रानीगंजका लागि निशान्त थारुले दुई गोल गरे भने कृष थारु र सन्दिप बाकाबलले एक–एक गोल गरे । त्यस्तै पराजित एनएस एफसीका लागि सुशान्त थापा मगर र पवन थापाले एक–एक गोल गरेका थिए ।

तेस्रो खेलमा टिम शान्तिले कलुवा एफसीलाई ३–० ले हरायो । टिम शान्तिका लागि जनक ढकाल, खेम सिंजाली र अंकित रानाले गोल गरे । त्यस्तै चौथो खेलमा जन शान्तिले चरङ्गे एफसीलाई ६–० को फराकिलो अन्तरले हरायो । जन शान्तिका लागि अरुण पुनले ह्याट्रिक गरे भने आशिष ज्ञवालीले दुई गोल गरे । त्यस्तै थप एक गोल सन्दिप सुर्यपंशीले गरे ।

राधाकृष्ण फुटबल क्लब, बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक अभिषेक खड्गीले जानकारी दिए । फाइनल खेल भदौ ४ गतेका दिन हुने पनि संयोजक खड्गीले बताए ।

Post Comments