News इङल्याण्ड र स्पेनको विश्वकप उपाधि भिडन्त
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उपाधिका लागि दुई दावेदार टोली इङल्याण्ड र स्पेन जारी फिफा महिला विश्वकपको फाइनलमा भिड्ने तय भएको छ । बुधबार सिड्नीमा सम्पन्न दोस्रो सेमिफाइनलमा इङल्याण्डले सह–आयोजक अष्ट्रेलियालाई ३–१ ले हराउँदै स्पेनसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

स्टेडियम अष्ट्रेलियामा भएको खेलको ३६औं मिनटमा इला टुनेको गोलबाट इङल्याण्डले खेलमा अग्रता बनाएको थियो । इङल्याण्डले पहिलो हाफसम्म त्यो अग्रता कायम पनि राख्यो । तर दोस्रो हाफको ६३औं मिनटमा अष्ट्रेलियन स्टार साम केरले घरेलु टोलीका लागि बराबरी गोल फर्काईन् ।

तर लगते ७१औं मिनटमा लाउरेन हेम्पले इङल्याण्डलाई दोस्रोपटक खेलमा अग्रता दिलाईन् । त्यस्तै ८६औं मिनटमा एलेसिया रुसोले इङल्याण्डका लागि तेस्रो गोल गर्दै इङलिस टोलीको जित सुनिश्चित गरिन् ।

इङल्याण्डले २० अगस्त आइतबारका दिन स्पेनसँग सिड्नीमा फाइनल खेल्नेछ । त्यस्तै त्यसको एक दिन अघि ब्रिसबेनमा स्वीडेन र अष्ट्रेलिया तेस्रो स्थानका लागि प्ले अफ म्याच खेल्ने छन् ।

Post Comments