News सुनसरीमा इन्टर स्कुल फुटसल हुने
गोलनेपाल

झुम्का । अल स्पोर्टस कलेक्सन, झुम्का, सुनसरीको आयोजना भदौ तेस्रो सातादेखि प्रथम इन्टर स्कुल सेभेन ए साईड फुटसल प्रतियोगिता हुने भएको छ । आयोजकका अनुसार प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि शुरु भईसकेको छ ।

प्रतियोगिता आयोजनाको निश्चित मिति र खेलस्थलबारे भने छिटै जानकारी गराईने पनि आयोजकले जानकारी दियो । साथै प्रतियोगिताको पुरस्कार रकमबारे पनि छिटै जानकारी गराईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सुनसरी र आसपासका जिल्लाहरुबाट पनि स्कले फुटसल टोलीहरुको सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।

Post Comments