News बंशगोपाल कप फाईभ ए साईड फुटबल प्रतियोगिता हुँदै
सुरज राना मगर

तानसेन । बंशगोपाल युथ क्लब, तानसेन–७, पाल्पाको आयोजनामा यही भदौ ६ गतेदेखि प्रथम बंशगोपाल कप फाईभ ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि यही भदौ ४ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २ हजार तोकिएको पनि आयोजक क्लबका राम पौडेलले जानकारी दिए ।

तानसेन–७ स्थित भागखोर खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लब कै अर्का सदस्य बिशाल भण्डारीले बताए ।

Post Comments