News फिफा रेफ्री बिक्रम चौधरीको निधन
गोलनेपाल

काठमाडौं । फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ । गत सिजन शहिद स्मारक ए डिभिजन लिग समेत खेलाएका ४० वर्षिय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो ।

सर्लाही घर भई हाल विभागीय टोली आर्मी क्लबमा जागिरे समेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका क्रममा अचेत भई ढलेका थिए । उनलाई तुरुन्तै अस्पताल पुर्याइए तापनि अस्पताल मै उनको निधन भएको निकट स्रोतले जनाएको छ । उनको मृत्युको कारण भने खुलाइएको छैन ।

Post Comments