News सातौं मनसुन कप भदौ अन्तिम सातादेखि
गोलनेपाल

बेनी । द मनसुन युथ क्लब, बेनी, म्याग्दीको आयोजनामा भदौ २८ देखि असोज १ गतेसम्म सातौं मनसुन कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि भदौ २७ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७०००+१००० तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । अनुशासित टोलीलाई पनि नगद १० हजारसहित ट्रफीको व्यवस्था गरिएको छ ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद ४ हजारसहित ट्रफी हात पार्नेछ भने अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ३–३ हजारसहित ट्रफी हात पार्नेछ ।

त्यसैगरुी फुटबल प्रतियोगिता कै अवसरमा सोलो नृत्य, छेलो, तीज गीत, घैटो फुटाल्ने लगायतका साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिने आयोजकले जनाएको छ ।

Post Comments