News स्वीडेनलाई तेस्रो स्थान
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा महिला विश्वकपमा स्वीडेनले तेस्रो स्थान हासिल गरेको छ । शनिबार ब्रिसबेनमा तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा स्वीडेनले घरेलु टोली अष्ट्रेलियालाई २–० ले हरायो । ऐतिहासिक रुपमा पहिलोपटक सेमिफाइनल पुगेको अष्ट्रेलियाले चौथो स्थानमै चित्त बुझाउन बाध्य बन्यो ।

स्वीडेनका लागि पहिलो हाफको ३०औं मिनटमा फ्रिडोलिना रोल्फोले पेनाल्टीबाट पहिलो गोल गरिन् भने ६२औं मिनटमा कासोवारे अस्लानीले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेकी थिईन् । स्मरण रहोस, सेमिफाइनलमा स्वीडेनले स्पेनसँग १–२ को हार बेहोरेको थियो भने अष्ट्रेलियाले इङल्याण्डसँग १–३ को हार बेहोर्नु परेको थियो ।

उता स्पेन र इङल्याण्डबीचको फाइनल भिडन्त आइतबार अष्ट्रेलियन शहर सिड्नीमा हुँदैछ ।

Post Comments