News युकेलाई हराउँदै मनाङ फाइनलमा
गोलनेपाल

धरान । मनाङ मस्र्याङ्दी क्लब जारी २२औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा मनाङले भारतको युनाइटेड कर्साङ (युके) एफसीलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

धरान रंगशालामा भएको खेलमा मनाङका लागि १९औं मिनटमा बिमल रानाले पहिलो गोल गरे । त्यस्तै अन्तिमतिर इन्जुरी समयको ९०+३औं मिनटमा दयानन्द सिंहले दोस्रो गोल गर्दै मनाङको जित सुनिश्चित गरे । खेलमा पराजित युके एफसीका आशिष देवान घोषित भए । उनले पुरस्कार वापत नगद १५ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत फागुन १५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल लिग च्याम्पियन मच्छिन्द्र एफसी र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments