News बागमतीलाई गोलबजार मेयर गोल्डकपको उपाधि
गोलनेपाल

सिरहा । बागमती युवा क्लब, सर्लाहीले तेस्रो गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा बागमतीले चर्च ब्वाइज युनाइटेडलाई २–० ले हराउँदै उपाधि उचालेको हो । निर्मामाधिन रंगशाला गुरुधाममा भएको खेलको ४२औं मिनटमा फिलिपले बागमतीका लागि पहिलो गोल गरे ।

त्यस्तै ७६औं मिनटमा दिप लामाले दोस्रो गोल गर्दै बागमतीको जित पक्का गरेका थिए । विजेता बनेको बागमतीले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता चर्च ब्वाईजले १ लाख ५० हजारमा चित्त बुझायो ।

गोलबजार प्रतिभा संरक्षण क्लब, गोलबजार सिरहाको आयोजना तथा गोलबजार नगरपालिकाको विशेष सहयोगमा यहि फागुन ७ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments