News प्रथम सेन्ट्रल कलेज कावासोती कप हुँदै
सुरज राना मगर

कावासोती । २८ बिगाहा युवा क्लब, नवलपुरको आयोजनामा यही भदौ १० गतेदेखि प्रथम सेन्ट्रल कलेज कावासोती कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । कावासोती–३ स्थित शितलचोक खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

साथै इच्छुक क्लबहरुका लागि भदौ ८ गतेसम्म टिमदर्ता खुला गरिएको छ । टिमदर्ता शुलक ८५०० बुझाउनु पर्नेछ भने कार्ड डिपोजिटका लागि १००० अग्रिम बुझाउनुपर्ने पनि आयोजकले जानकारी दियो । विस्तृत जानकारीका लागि ९८२५४३४४१४, ९८२१५७५२१५ नम्बरहरुमा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा.लि.को मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक दिवान गुरुङले बताए ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष मनोज अधिकारीले जानकारी दिए । नवलपुर जिल्ला फुटबल संघको समन्वयमा हुन गईरहेको प्रतियोगिताको संरंक्षकमा कावासोती नगरपालिका वार्ड नम्बर ३ रहेको छ ।

Post Comments