News दोस्रो द राइजिङ कप फुटसल प्रतियोगिता हुने
गोलनेपाल

काठमाडौं । राइजिङ युथ क्लबको आयोजनामा आउँदो असोज २५ र २६ गतेका दिन दोस्रो राइजिङ कप खुला फुटसल प्रतियोगिता हुने भएको छ । रिभरफिल्ड फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments