काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई विभिन्न ए, बी र सी डिभिजन क्लबहरुले यही भदौ २४ गते हुने भनिएको विशेष साधारणसभाबारे विविध मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । क्लबहरुले एन्फाका कार्यवाहक अध्यक्ष बिर बहादुर खड्का र कार्यवाहक महासचिव अरुणमान जोशीलाई पत्र बुझाएका हुन् ।
एन्फाको विशेष साधारणसभा सदस्यहरुको भौतिक उपस्थिति मै गराउन क्लबहरुले माग गरेका छन् । विशेष परिस्थिति, महामारी वा असहज अवस्थामा मात्र भर्चुअल बैठक बस्न पाउने विधानमा उल्लेख भए तापनि अहिले त्यो अवस्था नरहेकाले क्लबहरुले भौतिक उपस्थिति मै विशेष साधारणसभा गर्न माग गरेका हुन् ।
त्यस्तै क्लबहरुले पाउनु पने विभिन्न खर्च बापतको रकम पनि नपाएकाले वक्यौता रकम पनि यथाशिघ्र उपलब्ध गराउन क्लबहरुले माग गरेका छन् । साथै यस विषयमा एन्फाले गम्भिरतापूर्वक प्रतिबद्धता नजनाए एन्फाबाट सञ्चालन हुने कुनै पनि प्रतियोगितामा सहभागिता नजनाउने क्लबले चेतावनी समेत दिएका छन् ।
स्मरण रहोस, एन्फा कार्यसमितिको गत साउन १९ गते बसेको बैठकले विभिन्न निर्णयहरु गरेको थियो । जुन निर्णयहरुको अनुमोदन विशेष साधारणसभा मै गर्ने समेत भनिएको थियो ।
हेर्नुहोस पत्रः

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान