News ध्रुव र भुल्कालाई सफलता
सुरज राना मगर

बुटवल । ध्रुव युवा क्लब र भुल्का फुटबल क्लब यहाँ जारी मदन भण्डारी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बुटवल–७ स्थित शिवनगर सामुदायिवन वनको खेलमैदानमा भएको पहिलो खेलमा ध्रुवले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी (सी) लाई शून्यका विरुद्ध ३ गोलले हरायो । खेलमा ध्रुवका अभय क्षेत्री म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा भुल्काले रिभर साईड स्पोर्टस क्लबलाई शून्यका विरुद्ध ४ गोलको सहज अन्तरले हरायो । खेलमा भुल्काका अशोक राई म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत भदौ ७ गते बिहीबार आराम दिइएको खेल संयोजक सागर रसाइलीले जानकारी दिए । साथै प्रतियोगिताको दोस्रो चरणको खेलहरु भदौ ८ गते शुक्रबारदेखि सुचारु हुने पनि संयोजक रसाइलीले बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, बुटवल उपमहानगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजक एकेडेमीका अध्यक्ष गौरव क्षेत्रीले बताए । फाइनल खेल यही भदौ १६ गतेका दिन हुनेछ ।

 

 

Post Comments