News घिमिरे यु–१६ टोलीको सहायक प्रशिक्षकमा नियुक्त
गोलनेपाल

काठमाडौं । यसै महिना हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपका लागि नेपाली यु–१६ टोलीको सहायक प्रशिक्षकमा सिताराम घिमिरे नियुक्त भएका छन् । टोलीको मुख्य प्रशिक्षकमा भने रविन्द्र सिलाकार छन् ।

घिमिरेलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तीपत्र हस्तान्तरण गरेका थिए । घिमिरे दोलखा जिल्ला फुटबल संघको प्रशिक्षकका रुपमा समेत कार्यरत छन् ।

स्मरण रहोस, यही भदौ १५ देखि २५ गतेसम्म भुटानमा आयोजना हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले साविक विजेता भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल गत संस्करणको उपविजेता पनि हो । त्यस्तै समूह बी मा भने आयोजक भुटानसहित माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रतियोगिताको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

 

Post Comments