News स्वदेश फर्कियो टिम आर्मी
गोलनेपाल

काठमाडौं । भारतमा जारी प्रतिष्ठित १३२औं डुरान्ड कप खेल्न पुगेको त्रिभुवन आर्मी फुटबल क्लब बिहीबार स्वदेश फर्किएको छ । डुरान्ड कपमा एउटै खेल नजिती आर्मी टिम स्वदेश फर्किएको हो ।

प्रतियोगिताको समूह ई मा रहेको आर्मीले आफ्नो पहिलो खेलमा दिल्ली एफसीसँग १–१ को बराबरी खेलेको थियो भने दुई इण्डियन सुपर लिग क्लब चेन्नईन एफसी र हेदराबाद सिटी एफसीसँग समान ३–० को हार बेहोरेको थियो ।

प्रतियोगितामा २७ वर्षपछि पहिलोपटक भारत बाहिरका टोलीहरुले सहभागिता जनाएका थिए । जसमा नेपाल बाहेक भुटान र बंगलादेशको विभागीय टोलीहरुले पनि प्रतिस्पर्धा गरेका थिए ।

Post Comments