
काठमाडौं (एजेन्सी) । भर्खरै सम्पन्न फिफा महिला विश्वकपको फाइनलमा आफ्नो देशको खेलाडीलाई चुम्बन गरेपछि विवादमा तानिएका रोयल स्पेनिस फुटबल फेडरेशनका अध्यक्ष लुइज रुबियालेजमाथि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले छानविन गर्ने भएको छ ।
अष्ट्रेलियन शहर सिड्नीमा आइतबार सम्पन्न महिला विश्वकपको फाइनलमा स्पेनले इङल्याण्डलाई १–० ले हराउँदै पहिलोपटक ऐतिहासिक उपाधि जित्न सफल भएको थियो । त्यसपश्चात पुरस्कार वितरणका क्रममा ४६ वर्षिय लुइजले स्पेनिस टोलीकी फरवार्ड जेनिफर हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए ।
उनको यो हर्कत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भिडियोसहित प्रकाशित गरेपछि उनी विवादमा तानिएका थिए । त्यसको चौतर्फी आलोचना हुन थालेपछि फिफाले पनि आफ्नो विधान अनुसार लुइजको व्यवहार गलत वा सही भनेर छानविन शुरु गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यो विवाद चर्किएसँगै लुइजले आफ्नो पदबाट राजिनामा दिने तयारीमा रहेको पनि बताइएको छ । साथै आफ्नो राजिनामाबारे उनले स्पेनिस एफएका अन्य पदाधिकारीहरुलाई पनि जानकारी गराईसकिएको स्रोतले जनाएको छ ।
- फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित
- कनकाफ गोल्डकपमा साउदीको चुनौति समाप्त, मेक्सिको र होण्डुरस सेमिफाइनलमा