News पाथवे फुटसल कप हुने
सुरज राना मगर

भुमही । पाथवे इन्टरनेशनलको आयोजनामा यही भदौ १५ र १६ गतेका दिन पाथवे फुटसल कप हुने भएको छ । भुमही फुटसल एरिनामा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि भदौ १२ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २५०० तोकिएको छ ।

योङ गोर्खालिज क्लब, सुनवल–१२, नवलपरासीको विशेष सहयोगमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments