News सयपत्री, देवदह र आस्था राजेश क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । सयपत्री युवा क्लब, देवदह ब्वाईज र आस्था राजेश एफसी यहाँ जारी प्रथम मदन भण्डारी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुटवल–७ स्थित शिवनगर सामुदायिक वनको खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ सयपत्रीले डिएस युनाइटेडलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । सयपत्रीका लागि संजय गुरुङले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै अर्को खेलमा देवदहले बेलबासी एफसीलाई समान शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गर्यो । देवदहका लागि मनिष चौधरीले एक मात्र निर्णायक गोल गरे ।

दिनको तेस्रो खेलमा आस्था राजेशले थ्रुव युथ क्लबलाई टाईब्रेकरमा २–१ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, बुटवल उपमहानगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजक एकेडेमीका अध्यक्ष गौरव क्षेत्रीले बताए । फाइनल खेल यही भदौ १६ गतेका दिन हुनेछ ।

 

Post Comments