News स्पेनिस एफए अध्यक्ष लुइज फिफाद्वारा निलम्बित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा महिला विश्वकपको फाइनलमा आफ्नै देशको खेलाडीलाई चुम्बन गरेपछि विवादमा तानिएका रोयल स्पेनिस फुटबल फेडरेशनका अध्यक्ष लुइज रुबियल्सलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बन गरेको छ ।

विश्वकपको फाइनलमा इङल्याण्डलाई हराएर स्पेनले पहिलोपटक ऐतिहासिक उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा ४६ वर्षि लुइजले स्पेनिस फरवार्ड जेनिफर हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए । अध्यक्ष लुइजको यो हर्कत मिडियामा आएपछि उनको चौतर्फी विरोध र आलोचना भएको थियो ।

फिफाले पनि यसबारे छानविन गर्ने घोषणा गरेको थियो । साथै यो घट्नापछि उनले आफ्नो पदबाट राजिनामा दिने पनि बताइएको थियो । तर उनले राजिनामा दिन अस्वीकार गरेपछि फिफाले उनलाई निलम्बन गरेको हो ।

यो घट्नापछि स्पेनिस फुटबल फेडरेशनमा पनि खैलाबैला मच्चिएको छ । केही वरिष्ठ पदाधिकारीहरुले राजिनामा पनि दिइसकेका छन् । उता फिफाले लुइजसँगै स्पेनिस एफएका अन्य कसैले पनि जेनिफर हर्मोसोलाई सम्पर्क नगर्न आदेश पनि दिएको छ ।

Post Comments