News यु–१७ फुटसल प्रतियोगिता हुने
गोलनेपाल

काठमाडौं । वाखट सुनाकोठी फुटसलको आयोजनामा आउँदो असोज ३ गतेका दिन यु–१७ फुटसल प्रतियोगिता हुने भएको छ । आयोजक कै फुटसल एरिनामा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३ हजार तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments